संयुक्त राष्ट्रसंघभित्र प्रधानमन्त्री ओलीको भाषण, बाहिर प्रदर्शन

संयुक्त राष्ट्रसंघभित्र प्रधानमन्त्री ओलीको भाषण, बाहिर प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघको ७३औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा त्यहाँस्थित नेपालीहरुले बाहिर विरोध प्रदर्शन गरेका छन् ।

अमेरिकी नेपाल आदिवासी जनजाति महासंघ, युनाइटेड प्रेसर एन्ड प्रोटेस्ट ग्रुपलगायतका संघ–संस्थाहरुले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको सडक विस्तारविरूद्ध विरोध प्रदर्शन गरी संयुक्त राष्ट्रसंघको महासभामा ध्यानाकर्षण गराएका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले सडक विस्तारका सम्बन्धमा नेपाल सरकारविरुद्धको मुद्दा प्रक्रिया अघि बढाएको अवस्थामा महासभामा प्रधानमन्त्री ओलीले भाग लिन नैतिकरुपले नमिल्ने भन्दै नेपालको संविधानप्रदत्त अधिकार, अन्तर्राष्ट्रिय ऐन–कानुन र सर्वोच्च अदालतको आदेश तथा फैसलाहरु पालना गर्न उनीहरुले माग गरेका थिए ।

त्यस्तै प्रदर्शनकारीहरुले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी बालिका निर्मला पन्तलाई न्याय दिलाउन पनि माग गरेका छन् ।

Logo