काठमाडौं

परम्परा र संस्कृति लोप हुने क्रममा रहेको भन्दै नयाँ बानेश्वरमा रहेको राष्ट्रिय पोशाक घरले सरकारलाई राष्ट्रिय पोशाक घोषणा गर्न दबाब मूलक अभियान थालेको छ । "/>

राष्ट्रिय पोशाक घरले राष्ट्रिय पोशाक घोषणाको लागि सरकारलाई दबाब दिने

राष्ट्रिय पोशाक घरले राष्ट्रिय पोशाक घोषणाको लागि सरकारलाई दबाब दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

परम्परा र संस्कृति लोप हुने क्रममा रहेको भन्दै नयाँ बानेश्वरमा रहेको राष्ट्रिय पोशाक घरले सरकारलाई राष्ट्रिय पोशाक घोषणा गर्न दबाब मूलक अभियान थालेको छ ।

भोलि शनिबार १२ बजे बबरमहलको कार्की व्यांकेटमा सबै युवायुवतीको सहभागितामा अभियान अघि बढाउने संयोजक राजानन्द माण्डव्यले जानकारी दिए । ‘यो अभियान चलाएको धेरै भयो तर सरकार र सम्बन्धित निकायले नसुनेपछि दबाबमूलक कार्यक्रम नै गर्ने सोच अघि बढाएका छौं’ माण्डव्यले भने– हामी नेपालीको दौरा सुरुवाल र साडी चोलो पहिचान हो, यसलाई बचाउनु हाम्रो कर्तव्य भइसकेको छ ।’

अभियानले सबैलाई औपचारिक पोशाकमा आउन निम्तो गरेको छ । सरकारले राष्ट्रिय जनावर, रंग, पंक्षी लगायतको घोषणा गरेको छ भने पोशाक यही हो भनेर भन्न सरकारलाई अप्ठेरो पर्ने कुनै कारण नभएको कार्यक्रम संयोजक श्याम बजगाईले दावी गरे । ‘सम्भव नहुने वा सरकारले पूरा गर्न नसक्ने माग गरेका छैनौं तर हाम्रो पहलले प्राथमिकता पाउन सकेन ’ बजगार्इंले भने – अन्य देशले पनि राष्ट्रिय पोशाक घोषणा गरेर व्यवहारमा ल्याएका छन्, हाम्रोमा पनि राष्ट्रिय पोशाक घोषणा गर्न समस्या छैन ।

भारतले कुर्ता, पाइजामा र जुहारी कोट, भूटानले किरालाई राष्ट्रिय पोशाक मानेको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले सबैले चाहेको र लाएको पोशाक नै राष्ट्रिय पोशाक भएको भन्दै एक टेलिभिजनलाई अन्तरवार्ता दिएका थिए । पूर्वप्रधानमन्त्री औपचारिक पोशाक दौरा सुरुवाल र साडी चोलोलाई पनि संरक्षण गर्नुपर्ने बताएका थिए ।

राष्ट्रिय पोशाक घरले ५ वर्षअघिबाट निरन्तर रुपमा दबाबका कार्यक्रम गर्दै आएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोशाक दिवस घोषणा गर्न आग्रह गरेकोे छ । यो दिनलाई राष्ट्रिय टोपी दिवस भन्दै मनाउने गरिएको छ । पोशाक घरको अगुवाइमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल गठन गरिएको छ । महाअभियानमा आवद्ध हुन चाहनेले त्यहीँबाट पोशाक पनि किन्ने गरेका छन् । महाअभियानका सदस्य रामहरी धितालले राष्ट्रिय पोशाक घोषणा गर्न नसक्नु सरकारको कमजोरी रहेको बताए । ‘सबैले मानी आएको जे छ त्यसलाई औपचारिक रुपमा घोषणा गर्न जनदबाबको आवश्यक रहेको धितालले बताए ।
नेपाल समाचारपत्रबाट

Logo