न्यूयोर्क

प्रधानमन्त्री केपी ओलीले नेपाली भूराजनीतिमा विश्वकै आँखा परिरहेको विचार व्यक्त गरेका छन् । "/>

अहिले विश्वकै आँखा नेपालतिर केन्द्रित छन् : प्रधानमन्त्री

अहिले विश्वकै आँखा नेपालतिर केन्द्रित छन् : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

न्यूयोर्क

प्रधानमन्त्री केपी ओलीले नेपाली भूराजनीतिमा विश्वकै आँखा परिरहेको विचार व्यक्त गरेका छन् । उनले परापूर्वकाल देखि अहिलेसम्म नेपालको भूगोल र विविधतापूर्ण प्राकृतिक सौन्दर्यले संसारकै ध्यानाकृष्ट गरेको बताएका हुन् ।

‘हाम्रो भूगोल नै त्यस्तै स्थानमा छ र हामी विविधतापूर्ण प्राकृतिक सौन्दर्यले पूर्ण छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल आफ्नो भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर अघि बढिरहेको एक सार्वभौम सम्पन्न पुरानो मुलुकमा दरिएको छ ।’

नेपाल आफ्नैपनको विकासको पक्षमा रहेर अघि बढेको पनि उनले जिकिर गरे । विश्वमा कोहीसँग पनि शत्रुवत व्यवहार नगर्ने र विकासमा सहकार्य गर्ने नीति नेपालको पुरानै हो । सोही नीतिलाई वर्तमान सरकारले निरन्तरता दिइरहेको प्रधानमन्त्रीले बताए ।

नेपाल विकासको चरणमा रहेको भन्दै उनले दुई छिमेकी चीन र भारत एवं विश्व मित्रहरूको सहकार्यले विकास प्रक्रियामा अघि बढ्दै गरेको चर्चा गरे । कृषि, रेल, सडक, भौतिक पूर्वाधार, उद्योग, पर्यटन लगायत क्षेत्रमा लगानीको लागि सरकारले योजना बनाएर अघि बढेको पनि उनले बताए ।

नेपालमा रेल तथा पूर्वाधारमा चिनियाँ लगानीबारे सोधिएको एक जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि मुलुक स्वयंले नचाहेसम्म ऋणको भार बोक्दैन। नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण लिएर विकास प्रक्रिया अघि बढाउने हो । त्यो रेल तथा पूर्वाधार जे पनि हुनसक्छ ।’

चिनियाँ लगानीले मुलुक ऋणमा डुब्ने त होइन भन्ने प्रश्नमा प्रधानमन्त्रीले कुनै पनि मुलुकले आफ्नो क्षमता नहेरी ऋण नलिने विचार व्यक्त गरे । ‘क्षमताको अध्ययन गरेर यसबाट हुने तत्काल र दीर्घकालको फाइदा समेत हेरिन्छ’, उनले भने । उनले अन्य मुलुक ऋणमा डुबेको भनिएको विषयमा आफू पूर्ण विश्वस्त नभएको पनि बताए । पछिल्लो समय केही मुलुक खराब ऋणको संघारमा रहेको पढेको तर त्यो सबै सत्य झैं नलागेको प्रधानमन्त्रीको भनाइ थियो ।
अन्नपूर्णबाट

Logo