काठमाडौँ

चिकित्सा शिक्षामा सुधारको माग राखेर १५ पटकसम्म अनसन बसिसकेका डा गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । "/>

१६ औं अनशन बस्ने डाक्टर केसीको तयारी

१६ औं अनशन बस्ने डाक्टर केसीको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चिकित्सा शिक्षामा सुधारको माग राखेर १५ पटकसम्म अनसन बसिसकेका डा गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् ।केसी सरकारले विगतमा आफूसँग गरेका सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि अनशन बस्ने भएका हुन् ।

केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी संसद्को जारी अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए १६ औं पटक अनशन बस्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘संसद्को यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्ने देखि लिएर सबै सम्झौता कार्यान्वयन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेलाई जवाफदेही बनाउने लगायत माग राखी १६ औं सत्याग्रह सुरु गर्न बाध्य हुनेछु ।’

आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन बनेको आरोप केसीले लगाएका छन् । सरकारले चिकित्सा शिक्षा अध्यादेशमा भएका जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर नेता र माफियाको स्वार्थ पूरा गर्ने गरी विधेयक प्रस्तुत गरेकोमा दुई महिना अघि पनि अनशन बसेको स्मरण गराउँदै केसीले अझै पनि माफियाको स्वार्थ पूरा गर्ने प्रपञ्च भए फेरि पनि अनशन बस्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

सरकारले डा केसीसँग १५ औं अनशनका क्रममा गरेको सहमति उल्लंघन गरेको छ । डा केसीसँगको सहमति अनुसार अनुचित कार्यमा संलग्न त्रिभुवन विश्वविद्यालयका विवादास्पद पदाधिकारीलाई पदबाट हटाउने प्रक्रिया अघि नबढाएर सम्झौता उल्लंघन गरेको हो । साउन १० गते सरकारी वार्ताटोली र केसीबीच भएको नौ बुँदे सहमतिको ४ नम्बरमा चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका त्रिविका पदाधिकारीहरुलाई कारबाही प्रक्रिया दुई महिना भित्र सुरु गर्ने भन्ने उल्लेख छ । तर सरकारले सहमतिको दुई महिना बित्दा पनि कारबाही प्रक्रिया अघि बढाएको छैन ।
नागरिकबाट

Skip This
Skip This
Logo