काठमाडौँ

प्रतिनिधिसभा एवं राष्ट्रियसभा बैठक असोज ११ गते ( आज ) सकिने भएको छ । चिकित्सा शिक्षा, नागरिकता संशोधन लगायत महत्वपूर्ण विधेयक पारित नहुँदै संघीय संसद्को दोस्रो अधिवेशन बिहीबार अन्त्य हुँदैछ । "/>

संघीय संसद्को दोस्रो अधिवेशन आजबाट सकिँदै

संघीय संसद्को दोस्रो अधिवेशन आजबाट सकिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभा एवं राष्ट्रियसभा बैठक असोज ११ गते ( आज ) सकिने भएको छ । चिकित्सा शिक्षा, नागरिकता संशोधन लगायत महत्वपूर्ण विधेयक पारित नहुँदै संघीय संसद्को दोस्रो अधिवेशन बिहीबार अन्त्य हुँदैछ । संसदिय दलका नेताहरुको समन्वयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाको दोस्रो बैठक सकिने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतितिधिसभा बैठक एवं राष्ट्रियसभा बैठक गत बैशाख २३ गते शु्रु भएको थियो । त्यसभन्दा अघि पहिलो बैठक भने फागुन २१ गते शुरु भएर चैत २० गते सकिएको थियो ।

अधिवेशन अन्त्यसँगै नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फछ्र्योट, बिमा सम्बन्धी महत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन् । यी विधेयक प्रतिनिधिसभाका विभिन्न समितिमा विचाराधीन छन् । राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक शुरु र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

Skip This
Skip This
Logo