धनगढी

प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझाव दिएको छ । "/>

प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी गोदावरी प्रस्ताव : प्रदेश नं. ७

प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी गोदावरी प्रस्ताव : प्रदेश नं. ७

केन्द्रबिन्दु
0
Shares

धनगढी

प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझाव दिएको छ ।

प्रदेशसभाको मंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका—४ स्थित नेपाली सेनाको तेघरी ब्यारेकदेखि उत्तरपश्चिम धनगढी—डडेलधुरा राजमार्गदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चार किल्ला भित्रको जङ्गल क्षेत्र रहेको स्थानमा बनाउन सकिने सुझाव दिइएको छ ।

प्रतिवेदनमा साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायलमा रहेका क्षेत्रीय कार्यालय स्थानान्तरण नगर्ने, प्रदेशस्तरका तालीम केन्द्र प्रतिष्ठान, विभिन्न सेवामूलक सङ्घसंस्था स्थापना गर्ने, स्थायी राजधानी बनाउने ठाउँ तोकिएको स्थानमा स्थायी राजधानीका लागि भौतिक संरचना निर्माण नहुँदा सम्म हालको अस्थायी राजधानीका रुपमा रहेको धनगढीमा प्रदेशसभा तथा प्रदेश सरकार लगायत कार्यालय रहने, राजधानी तोकिएको ठाउँको जग्गा तुरुन्तै स्वामित्व ग्रहण गरी नमूना राजधानी निर्माण गर्ने लगायत राय सुझाव पनि दिइएको छ ।

समितिका संयोजक तामाङले समितिलाई प्राप्त कार्यादेश बमोजिम सरोकार भएका सबैसँग छलफल र परामर्शपछि समितिका सदस्यको सर्वसम्मत निर्णयका आधारमा सो सुझाव दिइएको बताउनुभयो । प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभाको बैठकमा गत साउन १४ गते गठन भएको सो समितिका संयोजकमा सत्तापक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तामाङ तथा सदस्यमा नेकपाकै चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, र बलदेव रेग्मी एवं प्रतिपक्षी नेपाली काङ्ग्रेसका श्यामलाल राना थारु सदस्य हुनुहुन्थ्यो ।
रासस

Logo