काठमाडौँ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफ्नो हत्या प्रयास भएको दाबी गरेका छन् ।
बन्दी प्रत्यक्षीकरण रिटपछि सर्वोच्च अदालतको आदेशबाट मंगलबार रिहा भएपछि माइतीघर मण्डलामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले दुईतिहाइको वामपन्थी सरकारले सबै बल लगाएर आफ्नो हत्या प्रयास गरेको जिकिर गरेका छन् ।
नेता प्रकाण्डले आफू माथि झुटो मुद्दा लगाएर दमन गरिएको गुनासो गर्दै नेकपा नेतृत्वको सरकारविरुद्ध कडा आन्दोलनको चेतावनी पनि दिए । सर्वसाधारण माथि अहिलेको सरकारले दमन गरेको बताउँदै प्रतिकार आन्दोलन थालिने पनि उल्लेख गरे ।
सरकारले नेता प्रकाण्डलाई स्थानीय तथा प्रदेश र प्रतिनिधि सभा निर्वाचनका क्रममा देशका विभिन्न स्थानमा आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड गरेको र ७ करोड भन्दा धेरै रकम जबरजस्ती असुलेको अभियोगमा मुद्दा चलाएको थियो । उनलार्इ सरकारले नुवाकोट, उदयपुर, मकवानपुर, काठमाडौं, काभ्रे, दाङ र भोजपुर लगायत जिल्लामा दर्ता गरिएको मुद्दाका क्रममा अदालतमा पेश गरिएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया