काठमाडौँ

निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ । "/>

प्रतिवेदन बुझाइयो तर तत्काल सार्वजनिक भने नहुने : निर्मला हत्या प्रकरण

प्रतिवेदन बुझाइयो तर तत्काल सार्वजनिक भने नहुने : निर्मला हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ । समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी देखाइएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवदेनमा एसपी बिष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ । मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको कारण खुलाइएको छ । गृहमन्त्री थापाले प्रतिवेदनमा सुझाइएका विषयवस्तु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

तत्काल सार्वजनिक नहुने

गृह मन्त्रालय स्रोतका अनुसार छानबिन प्रतिवेदन प्रहरी अनुसन्धान सकिएपछि मात्रै सार्वजनिक हुने भएको छ । मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषय प्रमाणका रुपमा भएकाले तत्काल सार्वजनिक गर्दा प्रहरी अनुसन्धानमा प्रभाव पर्छ । समितिले प्रहरीको लापरबाही र घटनास्थलको अध्ययन गरेर प्रतिवेदन तयार पारेकाले बलात्कार र हत्याको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै भएको उल्लेख छ । प्रतिवेदनमा निर्मलाको शवसँगै भेटिएको सुरुवाल धुनु र र उनको शरीरका कपडा नष्ट गरिनु गलत भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले निर्मलाको ‘भेजिनल स्वाब’ घटनास्थलबाट जोगाएको र त्यसले अनुसन्धानमा सहयोग मिलेको पनि उल्लेख छ । ‘भेनिजल स्वाब नभएको भए डिएनए परीक्षण गर्न सकिँंदैनथ्यो । त्यसलाई जोगाइएको छ । यसले गर्दा ढिलोचाँडो अपराधी पत्ता लगाउन सजिलो हुनेछ’, प्रतिवेदन उद्धृत गर्दै छानबिन समितिका एक सदस्यले भने, ‘घटनास्थलमा देखिएका सबै विषय प्रतिवेदनमा छ । त्यसले प्रहरीको अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ ।’
नागरिकबाट

Skip This
Skip This
Logo