लाहान
लाहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ । साँझ बजारबाट घुमेर ससुराली घर लाहान १ तर्फ जाँदै गरेका डा सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी राजेश थापाले जानकारी दिए ।
अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थापाले भने, ‘हामी खोज्दै छौं, अझै पत्तो लागिसकेको छैन ।’ हेटौंडामा काम गर्दै आएका डा यादव आन्तरिक कारणले एक महिना देखि लाहान १ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए । ‘आन्तरिक कारण अहिले नखुलाउ’, उनले थपे, ‘डा यादवको अपहरणको त्यही कारणले भएको हुनसक्ने आशंका सहित खोजी गरिरहेका छौं ।’
अपहरणस्थल लाहानको चल्तीको चोक हो । यहाँ अबेर राती सम्म मानिसको चहलपहल रहन्छ । ईलाका प्रहरी कार्यालयबाट मुस्किलले पाँच सय मिटर पश्चिम दूरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि उतिकै दूरीमा पर्छ अपहरणस्थल । घटनाबारे विस्तृत जानकारी खुल्न सकेको छैन ।
नागरिकबाट





























प्रतिक्रिया