काठमाडौँ

मोहन वैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) को विशेष राष्ट्रिय भेला सुरु भएको छ । "/>

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : मोहन वैद्य

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : मोहन वैद्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मोहन वैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) को विशेष राष्ट्रिय भेला सुरु भएको छ । कीर्तिपुर केन्द्रीय क्याम्पसस्थित अडिटोरियल हलमा सुरु भएको विशेष राष्ट्रिय भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले गरेका थिए ।

उद्घाटन सत्रमा वैद्यले भने, ‘अहिले वाम भन्ने छ । कम्युनिस्ट भन्नेहरु सरकारमा छन् । समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँडेका छन् । तर सरकार बनेको ७ महिना यता हेर्ने हो भने प्रश्न उठेको छ, के समृद्ध नेपाल सुखी नेपाली सपना पुरा हुन्छ ?’ उनले देशमा भ्रष्टाचारसँगै सामाजिक अपराधका घटना बढ्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाए ।

‘भ्रष्टाचार, बलात्कार बढेको छ, ठूलो माछा साना माछा भन्ने कुरा उठे तर कसैले कुनै माछा छोप्न सकेको छैन । यसबाट वाम र कम्युनिस्ट खोल ओडेका उनीहरुको ढोंग उत्रिएको छ ।’ महासचिव वैद्यले भने , ‘राष्ट्रियताको कुरा गर्नेहरु सरकारमा छन् । तर नेपालको नक्सा भारतीयले बनाएको देखिएको छ । दार्चुला माथि ३१० किमी भन्दा धैरै भारतमा पारिएको छ ।

विश्वको उत्कृष्टताको धक्कु लाउनेहरु संविधानमा राख्नुपर्ने नेपालको नक्सा संविधानमा राख्नु पथ्र्यो कि नाई ? भारतले प्रकृतिका साधन स्रोत हडप्दा सरकार चुप लागेर बसेको छ ।’ उनले राष्ट्रियता, जनजीविकाका समस्या संकटमा परेको बताए । उनले अब राष्ट्रियता र जनजीविकाको निम्ति सबै पक्ष जाग्नुपर्ने बताए ।

माओवादी आन्दोलनमा गद्दारी

महासचिव वैद्यले आन्दोलनमा गद्दारी भएको बताए । उनले भने, ‘अत्यन्तै विश्वास गरिएकाबाट नै धोका दिए । इतिहासका नायकहरु खलनायक भए । जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरु घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामा आए । संसदीय व्यवस्थाको लागि यत्रो पसिना, रगत बगाउन आवश्यक थिएन ।’
नयाँ पत्रिकाबाट

Logo