एजेन्सी । श्रीमान श्रीमतीको सम्बन्ध प्रगाढ हुन्छ । उनीहरुबीच आत्मीय कुराकानीदेखि शारीरिक क्रिया समेत हुन्छ । माया साटासाट पनि हुन्छ । "/>

झगडापछि पतिले किस गरे, बदलामा गर्भवती श्रीमतीले जिब्रो काटिदिईन्

झगडापछि पतिले किस गरे, बदलामा गर्भवती श्रीमतीले जिब्रो काटिदिईन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । श्रीमान श्रीमतीको सम्बन्ध प्रगाढ हुन्छ । उनीहरुबीच आत्मीय कुराकानीदेखि शारीरिक क्रिया समेत हुन्छ । माया साटासाट पनि हुन्छ । पति पत्नीमा किस गर्नु, चुम्बन गर्नु सामान्य कुरा हुन्छन् । तर त्यही कारण झगडा भईदियो भने के होला ? भारतमा यस्तै अनौठो घटना सार्वजनिक भएको छ ।

श्रीमान श्रीमतीबीच झगडा भयो । केही छिनमा श्रीमानले श्रीमतीलाई किस गरिन् । तर गर्भवती रहेकी श्रीमतीले बदलामा श्रीमानको जिब्रो नै काटिदिईन् । भारतको राजधानी दिल्लीको रनहोला क्षेत्रमा गर्भवती महिलाले आफ्ना श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते पारिदिएकी हुन् ।

ती महिलाले चुम्बन गर्नुको साटो श्रीमानको जिब्रो टोकेर घाइते बनाइदिएकी हुन्। श्रीमतीबाट चुम्बनको बदला सजाय पाएका ती श्रीमानको अस्पतालमा शल्यक्रिया भएको छ ।

श्रीमानबाट बेखुसी भएकी ती महिलाले रिस फेर्न त्यसो गरेको हुनसक्ने जनाईएको छ । उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो, लोग्नेको रुप । श्रीमतीका नजरमा उनी सुन्दर थिएनन्।

प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो। उनीहरूबीचको त्यसदिनको झगडा स‌ंझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए। तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनका बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन्।

काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको छ। पीडितका बाबुले प्रहरीलाई खबर गरेपछि जिब्रो टोक्ने श्रीमती पक्राउ परेकी छन्।

Logo