एजेन्सी । मुकेश अम्बानीको छोरी ईशाको इन्गेजमेन्ट इटालीमा आनन्द पिरामलसँग भयो । यस रोयल ईन्गेजमेन्टमा बलिउड सेलिब्रेटीहरुका साथै उद्योग जगतको सबै चर्चित हस्तीहरुको उपस्थित थिए । "/>

नीता अम्बानीको दिनको सुरुवात डेढ करोडको कपमा चियाबाट

नीता अम्बानीको दिनको सुरुवात डेढ करोडको कपमा चियाबाट

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । मुकेश अम्बानीको छोरी ईशाको इन्गेजमेन्ट इटालीमा आनन्द पिरामलसँग भयो । यस रोयल ईन्गेजमेन्टमा बलिउड सेलिब्रेटीहरुका साथै उद्योग जगतको सबै चर्चित हस्तीहरुको उपस्थित थिए ।

ईन्गेजमेन्ट पार्टीमा ईशाकी आमा नीता अम्बानी निकै र आर्कषक देखिएकी थिइन् । भने उनका बुवा मुकेश अम्बानी सेतो कोट र कालो पाईन्टमा देखिए । बिजनेस वल्र्डमा जति चर्चित नाम हो मुकेश अम्बानी उति नै उनको श्रीमती नीता अम्बानी पनि सोसल लाइफमा एक्टिभ छिन् ।

यति मात्र होइन नीता एकदमै लग्जरियस लाइफ पनि विताउँछिन् । नीता अम्बानीका दिनको सुरुवात जापानको सबैभन्दा पुरानो क्राँकरी ब्राण्ड ‘नोरिटेक ’ को कपमा चिया पिएर हुन्छ । नोरिटेक क्राँकरीको विशेषता भनेको यस कपमा २२ क्यारेट सुनको बोर्डर छ । यसको ५० पिसको सेटको मुल्य करिब डेढ करोड भारतीय रुपैयाँ पर्छ ।

फेसन लेडी वेभसाइटको रिर्पोेट अनुसार नीता अम्बानीसँग ४० लाख भारुको साडी छ । जुन साडी चेन्नई सिल्क डाइरेक्टर शिवालिंगमले डिजाइन गरेका हुन । यो साडीको नाम ‘विवाह पातु’ हो । यसको विशेषता भनेको भारतको चर्चित आर्ट आइकन राजा रवि वर्माको पेन्टिङबाट प्रेरित छ ।

साडीको कडाईको लागि सुनको ताराको प्रयोग गरिएको थियो । यसको साथै यस साडीमा एमरल्ड, रुबी, पुखराज, पर्ल र क्याट आईजस्ता रत्नको प्रयोग गरिएको थियो । यो साडी कांजीवरमको कुशल ३६ जना महिला कालिगढहरुले मिलेर बनाएका थिए ।

साडीको तौल करिब ८ केजीको थियो । र बनाउन १ वर्षभन्दा बढि समय लागेको थियो । यो साडी उनले फेवरवरी, २०१५ मा एक पार्टीको दौरान लगाएकी थिइन । यो साडीले गिनिज बुकमा पनि वल्र्ड रेकर्ड राखेको थियो ।

रिपोर्टस्को अनुसार नीताले उनका श्रीमानको ४४ औँ जन्मदिनको अवसरमा प्राइभेट जेट गिफ्ट दिएकी थिइन् । यस एयरबस–३१९ जेटमा क्याबिन, स्काई बार, फेन्सी सावर, म्युजिक सिस्टम, गेम कन्सोल, सेटलाईट टिभी र वायरलेस कम्युनिकेसन जस्ता सुविधा भएको छ ।

यो सुविधायुक्त जेटको मुल्य करिब ३९० करोड भारु पर्छ । नीता अम्बानीलाई ब्यागको पनि निकै सोख छ । उसँग विश्वको टप ब्राण्ड ‘बिर्किन’ को ब्याग छ । विश्वकै महंगो ब्राण्डको ह्यान्ड ब्यागको कलेक्सन छ । जैसे चनेल, गोयर्ड, र जिम्मी चू केरीको पनि राम्रै कलेक्सन छ उनीसँग । बिर्किनको ब्यागको मुल्य १३ लाख भारु हो । यसको साथै उनीसँग स्टाइलिस जुत्ताको पनि कलेक्सन छ ।

मुकेश र नीता अम्बानीसँग लक्जरी कारहरुको पनि कलेक्सन छ । कति छ भनेर स्पष्ट छैन तर भारतको सबैभन्दा धनाढ्य मुकेश अम्बानीको घर एन्टीलियाको ६ फ्लोरमा पार्किङ मात्रै छ जुन पार्किङमा १६८ कार अटाउँछ ।

Logo