सरकारले सुनसरीका खुर्सिद अन्सारी घटनाको छानविनका लागि समिति गठन गरेको छ।  शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । "/>

खुर्सिद हत्याको छानविनका लागि समिति गठन

खुर्सिद हत्याको छानविनका लागि समिति गठन

केन्द्रबिन्दु
0
Shares

सरकारले सुनसरीका खुर्सिद अन्सारी घटनाको छानविनका लागि समिति गठन गरेको छ। शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा सशस्त्रका एसपी रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य छन्।

समितिलाई १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न भनिएको छ। सुनसरीको हरिनगरमा रैयाब बोर्डिङ स्कुलका सञ्चालन गर्दै आएका अन्सारीको भुटाहा बजारमा बिहीबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

Logo