नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरणमा कोटा प्रणाली लागु गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनलाई शुक्रवार पत्र पठाउँदै सवारीसाधनको प्रकार अनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिएको हो ।
निगमले निगमले बाइक र स्कुटरलाई पाँच लिटर, हल्का सवारी साधन कार तथा भ्यानलाई १५ लिटर, डिजलबाट संचालन हुने छोटो दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा सय लिटर तेल दिन निर्देशन दिएको छ। त्यस्तै निगमले एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा तेल दिन निर्देशन दिएको छ ।
चालकहरुको हड्तालका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि निगमले कोटा प्रणाली लागु गरेको हो । अहिले राजधानीका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द अबस्थामा छन् भने साझाका केही पम्पहरुले सिमित मात्रा पेट्रोलियम पदार्थ बिक्रि वितरण गरिरहेको छ ।
यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोसिने बताएको छ । अपराध संहिता संशोधन गर्न माग राख्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले थालेको आन्दोलनमा ट्यांकर चालकहरुले पनि समर्थन गरेपछि केही दिनदेखि पेट्रोलियम पदार्थको अभाव भएको हो ।





























प्रतिक्रिया