काठमाडौँको नयाँ बसपार्कमा मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरीमाथि अनुसन्धान शुरु भएको छ । प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षणपछि
महाराजगञ्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भएको हो ।
केही दिनअघि प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यहाँ फेन्सी पसल नजिक बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगीबीच विवाद भएको थियो । सोही क्रममा पुगेका प्रहरीले झगडा छुटाउनुको सट्टा ति व्यक्तिमाथि लाठी र बुट प्रहार गरेका थिए ।
भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकारीको चौतर्फी बिरोध भएको थियो ।





























प्रतिक्रिया