युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुगेका हुन् । "/>

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

केन्द्रबिन्दु
0
Shares

युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुगेका हुन् ।

वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्य दूत मकर बहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) पोर्चुगलका अध्यक्ष कुवेर कार्की लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं काङ्ग्रेस कार्यकर्ताले स्वागत गरेका थिए । पौडेलले आज बिहीबार नेपाली जनसम्पर्क समिति पोर्चुगलले आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुई दिने पोर्चुगल बसाइपछि पौडेल जनसम्पर्क समिति स्पेनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेता पौडेल स्वीटजरल्याण्ड, जर्मनी र नेदरल्याण्डमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गरेर २६ सेप्टेम्बरमा स्वदेश फर्किने छन् । रासस

Logo