गोरखा


गत माघमा सिध्याउनु पर्ने त्रिशूली नदी माथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन् । "/>

काम नगर्ने पप्पु कन्ट्रक्सनलाई यसरी गर्दैछ सरकारले संरक्षण

काम नगर्ने पप्पु कन्ट्रक्सनलाई यसरी गर्दैछ सरकारले संरक्षण

केन्द्रबिन्दु
0
Shares

गोरखा

गत माघमा सिध्याउनु पर्ने त्रिशूली नदी माथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन् । ठेकेदार कम्पनीले पुल निर्माणका लागि नदीपारि सामाग्री लैजान समस्या भएको बताएपछि पुल महाशाखाले बेलिब्रिज बनाइदिन लागेको हो । पृथ्वी राजमार्गको दारेचोकबाट गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमा निर्माणाधीन उक्त पुल गत माघमा सम्पन्न हुने सम्झौता भएको थियो ।

 

समयमै काम नसिध्याउने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा सडक डिभिजन अन्तर्गतको पुल महाशाखाले बेलिब्रिज बनाएर आयोजनाको म्याद थप्न लागेको हो । एघार किलो–छेवेटार–भालुस्वाँरा–बारपाक सडक आयोजनाका प्रमुख अमृतमणि रिमालले भने, ‘ठेकेदारले अब एक वर्ष भित्र काम सिध्याउँछु भनेकाले बेलिब्रिज बनाइदिन लागेका हौं ।’ ठेकेदारले बेलिब्रिज नभए काम गर्न नसक्ने जबाफ दिएको उनले बताए । उनले भने, ‘काम नहुनु भन्दा पुल महाशाखाको बेलिब्रिज ल्याएर हालिदिँदा काम गर्छ कि भनेका हौं, ठेक्काको समय थपिने पक्का छ ।’

 

२०७१ सालमा निर्माण सुरु भएको पुल सम्झौताको समय सकिएको सात महिनापछि बेलिब्रिज नभएका कारण निर्माण गर्न नसकेको भन्ने ठेकेदारको जबाफलाई आधार बनाएर २७ लाख रुपैयाँमा बेलिब्रिज निर्माण गर्ने तयारी भएको हो ।

पुल मशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले निर्माणस्थलमै आएर बेलिब्रिज बनाइदिने घोषणा गरेका छन् । पुल निर्माणस्थलमा पुगेका उनले स्थानीय जनप्रतिनिधि, ठेकेदारका इन्जिनियर, आयोजनाका प्रतिनिधिसँग महाशाखाले बेलिब्रिज बनाइदिने बताए ।
नागरिकबाट

Logo