काठमाडौं


नेपाली कांग्रेसले सरकारले संघीयतालाई कमजोर बनाएको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले सरकार नै संघीयतालाई कमजोर बनाउन उद्यत रहेको आरोप लगाएको हो । "/>

संघीयतालाई कमजोर बनाउन सरकार नै उद्यत रहेको कांग्रेसको ठहर

संघीयतालाई कमजोर बनाउन सरकार नै उद्यत रहेको कांग्रेसको ठहर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली कांग्रेसले सरकारले संघीयतालाई कमजोर बनाएको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले सरकार नै संघीयतालाई कमजोर बनाउन उद्यत रहेको आरोप लगाएको हो ।

उसले दुई वटा बाहेकका प्रदेशको नामकरण नहुनु, प्रदेश राजधानीहरुको अन्तिम टुंगो लाग्न नसक्नु, संघीय सरकार र प्रदेश सरकारबीच सहज तादाम्यता स्थापित नहुनुलाई कमजोरीका रूपमा औंल्याएको छ । केन्द्र र प्रदेश सरकारबीचको द्वन्द्व सार्वजनिक रूपमा नै अभिव्यक्त हुनु तथा प्रदेश स्तरमा कुनै पनि निकायको सांगठनिक संरचना विस्तार नगरिनुले सरकार नै संघीयतालाई कमजोर बनाउन उद्यत रहेको कांग्रेसको ठहर छ ।

उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा संविधान जारी भएर कार्यान्वयन अगाडि बढाएको उल्लेख गर्दै यो सरकारले प्रभावकारी बनाउन नसकेको बताए । ‘कांग्रेसकै नेतृत्वमा संविधान बन्यो, कार्यान्वयन पनि अघि बढ्यो तर अहिलेको सरकारले संघीय सरकारलाई अधिकार दिन सकेन,’ निधिले भने, ‘अहिले पनि कुनै निकायको प्रादेशिक संगठनात्मक संरचना छैन, यसले संघीयतालाई बलियो बनाउँदैन, सरकार नै संविधानको पालनामा चुक्दै छ ।’

उनले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली आदि संवैधानिक उपलब्धि भए पनि यसलाई समेत संस्थागत गर्न सरकारले नसकेको जनाए ।
राजधानीबाट

Logo