सुर्खेत


राउटे मुखिया वीरबहादुर शाहीलाई संविधान के हो भन्ने जानकारी छैन । नेपाली नागरिकता समेत नबनाउने यो समुदाय जंगलमा फिरन्ते जीवन बिताउँछ । "/>

संविधान दिवस मनाउन पैसा दिएर राउटेलाई र्‍यालीमा ल्याइयो !

संविधान दिवस मनाउन पैसा दिएर राउटेलाई र्‍यालीमा ल्याइयो !

केन्द्रबिन्दु
0
Shares

सुर्खेत

राउटे मुखिया वीरबहादुर शाहीलाई संविधान के हो भन्ने जानकारी छैन । नेपाली नागरिकता समेत नबनाउने यो समुदाय जंगलमा फिरन्ते जीवन बिताउँछ । यही समुदायलाई दैलेखको एक गैरसरकारी संस्था र स्थानीय तहले संविधान दिवसमा सहभागी गराउन मंगलबार बेलुका प्रदेश राजधानी वीरेन्द्रनगर ल्यायो ।

 

सामाजिक सेवा केन्द्र (सोसेक) र गुराँस गाउँपालिकाको ब्यानरमा उनीहरु मंगलगढी चोक देखि खुलामञ्चसम्म आयोजना गरिएको र्‍यालीमा सहभागी बने । खुलामञ्चमा तीन मिनेटको नृत्य प्रदर्शन गरे । तीन लाख रुपैयाँ दिने शर्तमा आफूहरु र्‍यालीमा सहभागी बनेको मुखिया शाहीले बताए । ‘तीन लाख रुपैयाँ दिन्छौं भनेपछि १५ जनाको टोली बस्तीबाट यहाँ (वीरेन्द्रनगर) सम्म आएका हौं’ कार्यक्रम समापनपछि मुखिया दिलबहादुरले भने, ‘अहिलेसम्म पैसा हात परेको छैन ।’

 

गुराँस गाउँपालिका ८ दैलेखको पाखापानीमा बस्दै आएका राउटे समुदायका १५ जनालाई सोसेकले अघिल्लो दिननै वीरेन्द्रनगर ल्याएको थियो । राउटे समुदायलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति सुर्खेतले खान र बस्नको व्यवस्था गरेको थियो । आफूहरु कुन कार्यक्रममा सहभागी भएका छौं भन्ने जानकारीसम्म उनीहरुलाई थिएन । ‘पैसा र जुत्ता दिन्छौं भनेकाले आएका हौं’ राउटे युवा लोकेन्द्र शाहीले भने, ‘कार्यक्रम के हो थाहा छैन ।’ प्रदेश सरकारले संविधान दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरे अनुसार मध्यपश्चिमको पहिचानको रुपमा रहेको राउटे समुदायलाई पनि सहभागी गराइएको हो ।
नागरिकबाट

Logo