संविधान दिवसको अवसरमा राजधानीको माइतीघर मण्डलामा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । प्रमुख राजनीतिक दलका युवा संगठनहरुले एक सय फिट अग्लो स्टिलको पोल गाडेर ३० फिट लामो झन्डा फहराइएका हुन् ।
नेकपाका युवा संघ र वाइसिएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराइएको हो । यसअघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते सहिद दिवसको अवसर परेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाइको नेपाली झन्डा फहराएको थियो ।





























प्रतिक्रिया