मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ जना पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । "/>

मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो, १७ जना गम्भीर

मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो, १७ जना गम्भीर

केन्द्रबिन्दु
0
Shares

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ जना पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।

सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको छ । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । 

त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँच जनाको उपचार भइरहेको छ । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा बसेरी-३ धादिंगका मिम बहादुर घले, मसिना -६ रुपन्देहीका राम कुमार यादव, अमरगढी ५ डडेलधुराका बिशाल बुढाथोकी, पश्चिमकुसाहा ९ सुनसरीका सजंय उराव, सिद्धिथुम्का ९ इलामका बल बहादुर कुलुंग र आइत सिंह गोले रहेका छन् ।

उनीहरुले मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की पिएको बुझिएको छ  ।

Logo