काठमाडौं

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् । "/>

दशैं तिहारपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : लक्ष्मणलाल कर्ण

दशैं तिहारपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : लक्ष्मणलाल कर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता कर्णले भने, ‘हामीले यस अघि पनि दुई पटक कालोदिवस मनाईसकेका छौं । भोलि पनि हामी कालो दिवस नै मनाउँछौं । देशैभरि विभिन्न जिल्लामा हामी प्रर्दशन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ ।’

नेता कर्णले संविधान दिवसलाई कालो दिवस मनाउनको लागि आफ्नो पार्टीका सबै नेताहरु जिल्ला–जिल्ला प्रस्थान गरिसकेको पनि जानकारी दिए । उनले भने, केही नेताहरु बाँकी हुनुहुन्छ, उहाँहरुपनि आज बेलुकासम्म पुग्नुहुन्छ ।’

यद्धपी उनले आफूहरुले सुरुदेखि नै संविधान संशोधनको माग गरेको भएपनि संविधान पूनर्लेखन नै गर्न भनेर माग नगरेको स्पष्ट पारे । उनले थपे, ‘हामीले संविधान पूनर्लेखन गर्नुपर्छ भनेर कहिल्यै पनि भनेनौं ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं तिहारपछि मात्रै ठोस निर्णय लिने जनाए । उनले भने, ‘दशैं, तिहार मनाएपछि हामी सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय लिन्छौं ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् । नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए ।
राजधानीबाट

Logo