काठमाडौं । यातायात व्यवसायीहरुले सरकारलाई इन्धनको बढाएको मूल्य फिर्ता लिन चेतावनी दिएका छन् । सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको हो । "/>

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैको अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैको अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यातायात व्यवसायीहरुले सरकारलाई इन्धनको बढाएको मूल्य फिर्ता लिन चेतावनी दिएका छन् । सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको हो ।

मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘‘मूल्यवृद्धिसम्बन्धी निर्णयलाई नेपाल सरकारले ४८ घण्टाभित्र फिर्ता लिई हिन्दूहरुको महान चाडमा आवतजावत गर्ने उपभोक्ता वर्गलाई सहज रुपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्न यस महासंघ हार्दिक अपिल गर्दछ । साथै उक्त दुबै मूल्यवृद्धि फिर्ता नलिएमा यस महासंघले अग्रिम बुकिङ खुला गर्न बाध्य नहुने व्यहोरा समेत यसै विज्ञप्तिमार्फत नेपाल सरकार लगायत सबै पक्षमा अनुरोध छ ।’

नेपाल आयल निगमले असोज २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल र मट्टतिेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

 

Skip This
Skip This
Logo