प्रकाशमानले सरकारलाई फिस्टे भनेपछि (भिडियोमा)

प्रकाशमानले सरकारलाई फिस्टे भनेपछि (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनु भएको हो । गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ ।

नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई मारमा पार्ने काम मात्रै गरिरहेको दावी गर्नु भयो । मंगलबार सर्वोच्च नेता गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूला नारा दिएपनि जनतालाई राहत दिने कुनै पनि काम गर्न नसकेको दावी पनि गर्नु भयो । उहाँले प्रधानमन्त्री ओली देश र जनताको नभई केही सीमित व्यक्तिहरुको ‘इन्ट्रेष्ट’ मा चलिरहेको आरोप पनि लगाउनु भयो । हेनुृहोस् भिडियोमा

Logo