रोल्पा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयास पक्राउ परेका छन् । सेक्रेटरी प्रयासलाई सुनिल स्मृति गाउँपालिका गजुलबाट प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका प्रयासलाई बेलुका पाँच बजे जिल्ला प्रहरी कार्यालय लिबाङ ल्याइएको प्रहरी नायव उपरीक्षक दिपक खडकाले बताए ।
गाउँमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपा स्रोतले भने गाउँमा जनजागरण अभियानमा रहेका नेता प्रयासलाई पक्राउ गरेको जनाएको छ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेपछि प्रयास लगायत नेता सदरमुकाम लिबाङबाट बाहिरिएका थिए । उनले जनताको घरघरमा अभियानमा खट्दै गरेको बताउँदै आएका थिए । पुर्वी रोल्पाका गाउँमा पार्टी अभियानमा प्रयास खटिएका थिए ।
नेता प्रयासलाई संघीय र प्रदेश चुनावताकाको विष्फोटनका घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । चुनावका बेला जिल्लाका दर्जनौ स्थानमा विष्फोट भएका थिए । चुनावी अवधिमा सेक्रेटरी प्रयास लगायतका नेतालाई हिरासतमै राखिएका थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया