काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले काम गर्न नसक्ने प्रहरी अधिकारीलाई काम छोडेर घर जान निर्देशन दिएका छन् । "/>

प्रहरी अधिकारीलाई आइजीपी खनालको कडा निर्देशन, ‘काम गर्न नसके घर गए हुन्छ’

प्रहरी अधिकारीलाई आइजीपी खनालको कडा निर्देशन, ‘काम गर्न नसके घर गए हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले काम गर्न नसक्ने प्रहरी अधिकारीलाई काम छोडेर घर जान निर्देशन दिएका छन् । पछिल्लो समय प्रहरी संगठन दिनप्रतिदिन बदनाम बन्दै गएपछि आइजीपी खनालले कामाण्ड सम्हाल्न नसक्ने र काम गर्न नसक्ने प्रहरी अधिकारीलाई घर जान भनेका हुन् ।

प्रहरी संगठनको नेतृत्व लिए यताका कञ्चनपुर प्रकरणदेखि भक्तपुर इन्काउन्टरसम्म नै प्रहरी नराम्ररी वद्नाम भएको स्मरण गराउँदै काठमाडौं उपत्यकाका प्रहरीलाई ब्रिफिङ गर्दै कुनै पनि घटनालाई गम्भीरताका साथ लिन निर्देशन दिए ।

भृकुटीमण्डवस्थिति पुलिस क्लबमा महानिरीक्षक खनालले करिब १ घण्टा निर्देशन दिएका थिए । पछिल्ला समय केही प्रहरीका कारण सङ्गठनमा असर परेकाले सबैलाई इमान्दार भएर काम गर्न उनले निर्देशन दिए । महानिरीक्षक खनालले आर्थिक प्रलोभनमा परेर काम गरे नछाड्ने बताए।

महानिरीक्षक खनालले आफ्ना मातहतका प्रहरीलाई समेत नियन्त्रण गर्न कमान्डरलाई निर्देशन दिए । आफ्ना मातहतका प्रहरीलाई नियन्त्रण गर्न नसक्ने प्रहरीले कमाण्ड छोडेर जाँदा हुने उनले बताए।

Logo