काठमाडौं
कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका प्रहरी अधिकारी घुसकाण्डमा मुछिएर तानिएपछि त्यहाँ नयाँ कमाण्डर पठाइएको छ । प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी गण सामाखुशीमा तानेर उनको स्थानमा एलिजा गिरीलाई पठाएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी) मा कार्यरत गिरीलाई सुरक्षा चुनौती रहेको स्थानको कमाण्डर तोकिएको हो । उनले आइतबार नै कोटेश्वरको कमाण्ड सम्हालेकी छिन् । गिरीलाई पहिलो पटक इञ्चार्जको जिम्मेवारी दिइएको हो । यसभन्दा पहिले उनले महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा काम गरेकी थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार कोटेश्वरको मुनिभैरव चोकस्थित लुम्बिनी तन्दुरी भोजनालयबाट इन्सपेक्टर लामाका भान्से प्रहरी जवान मुकेश पटेललाई ५ हजार घुस सहित समातेको थियो ।
अख्तियारले भने कोटेश्वरका प्रहरीबाट एक लाख रुपैयाँ घुस बरामद भएको जनाएको छ । घुसकाण्ड बाहिरिएपछि आईजीपी सर्वेन्द्र खनालले शनिवार नै कोटेश्वर र काँडाघारी प्रभागका प्रहरी परिवर्तन गर्न निर्देशन दिएका थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया