काठमाडौं

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको छ । "/>

यस्ता छन् आइतबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु

यस्ता छन् आइतबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । निगमले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको आवाज उठिरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो ।

हाल निगमको कार्यकारीको भूमिकामा महाप्रबन्धक सुगतरत्न कंसाकार रहेका छन् । उनकै नेतृत्वमा निगमले दुईवटा वाइडबडी जहाज किने पनि खरिद प्रक्रियामा दलालको प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप लागिरहेको छ । यसअघि शुक्रबार मन्त्रिपरिषद बैठकले खरेललार्इ नेपाल वायुसेवा निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसैगरि सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पु¥याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

बैठकले मुलुकी फौजदारी ( अपराध ) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ ।

Logo