काठमाडौं

प्रकोप नियन्त्रण नहुन्जेल सम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएको छ । "/>

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त सप्तरीलाई विपद क्षेत्र घोषणा

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त सप्तरीलाई विपद क्षेत्र घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रकोप नियन्त्रण नहुन्जेल सम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो ।

सो क्षेत्रमा केही दिन देखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवान एनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएन टु’ ( हङकङ फ्लु ) को भाइरस फेला परेको छ । उक्त रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको प्रमुख मिश्रले बताउनुभयो ।

सो रोगबाट कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।

भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ को रगत, ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo