काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरको उडान रोकेको छ । "/>

अल्टिच्युड एयरको उडानमा प्रतिबन्ध

अल्टिच्युड एयरको उडानमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरको उडान रोकेको छ । केही दिन अघि भएको दुर्घटनापछि छानबिनका लागि भन्दै अहिले प्राधिकरणले सो कम्पनीको उडान रोकेको हो ।

प्राधिकरणले कम्पनीको उडानमा रोक लगाउनु स्वभाविक हो । दुर्घटनापछि पुर्नमूल्यांकन गर्न प्राधिकरणले कम्पनीको उडानमा रोक लगाएको जानकारी गराउँदै प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘कम्पनीलाई हामीले ‘सेफ्टी एसेसमेन्ट’ गर्नका लागि निर्देशन दिएका छौं ।’ यसैगरी हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न बनाएको समितिले अनुसन्धान सुरु गरेको छ । छानबिन समितिको टोली बिहीबार दिउँसो घटनास्थलमा जाने क्रममा मौसम खराब भएपछि बीच बाटोबाटै फर्किएको छानबिन समिति अध्यक्ष बुद्धिसागर लामिछानेले जानकारी दिए ।

छानबिनका लागि आनी डोल्मा, अल्टिच्युड एयरका पदाधिकारी, प्राधिकरणका पदाधिकारी, स्थानीयसँग सोधपुछ गरिने उनले बताए । उनले भने, ‘पहिलो चरणमा हामी घटनास्थलमा पुग्नेछौं । अध्ययनका लागि हेलिकोप्टरमा भएको भेहिकल एन्ड इन्जिन मेनेजमेन्ट डिस्प्ले आवश्यक हुन्छ । त्यो उपकरण ल्याएर हेलिकोप्टरको अवस्था विवरण लिनका लागि फ्रान्समा पठाइनेछ ।’
गत शनिबार सो एयरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको निधन हुनुका साथै एकजना घाइते भएका थिए ।
राजधानीबाट

Skip This
Skip This
Logo