बागलुङ

पूर्व निर्धारित उमेर अथवा मापदण्ड पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका पेन्सनरहरुले अब भत्ता नपाउने भएका छन् । "/>

पेन्सन खानेले अब सामाजिक सुरक्षा भत्ता नपाउने

पेन्सन खानेले अब सामाजिक सुरक्षा भत्ता नपाउने

केन्द्रबिन्दु
0
Shares

बागलुङ

पूर्व निर्धारित उमेर अथवा मापदण्ड पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका पेन्सनरहरुले अब भत्ता नपाउने भएका छन् । सामाजिक सुरक्षा भत्ता कार्यविधि—२०७५ कार्यान्वयनमा आएसँगै भारत र बिट्रिस आर्मीमा कार्यरत रही अवकाश प्राप्त भएका भूतपूर्व सैनिक र तिनका परिवारले भत्ता नपाउने भएका हुन् ।

नयाँ सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि—२०७५ गत श्रावण २३ गतेको मन्त्रीस्तरको बैठकबाट स्वीकृति प्रदान गरेपछि देशभरमा सोही अनुसार गर्न गराउन निर्देशन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय केन्द्रीय पञ्जीकरण शाखाका शाखा अधिकृत सावित्री बस्नेतले बताइन् । यसबारेमा विभागले नयाँ कार्यविधिले व्यवस्था गरे अनुसार जिल्लाका सबै स्थानीय तहमा अब पेन्सनरहरुलाई भत्ता नबाँड्न निर्देशन गरेको बस्नेतको भनाइ छ ।

पछिल्लो सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधिले नेपालसँग दैत्य सम्बन्ध भएका मुलुकबाट तलब, भत्ता, पेन्सन पाउने व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरिएकाले सोही अनुसार गर्न गराउन निर्देशन आएको जिल्लाको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले बताए ।

जिल्लामा विदेशमा लामो समय कार्यरत रहेर अवकाश लिएपछि उमेर पुगेर र श्रीमान गुमाएका सयौंको संख्यामा पेन्सनर छन् । ‘विगत लामो समय देखि भत्ता बुझ्दै आएका सयौं ज्येष्ठ नागरिक पेन्सनर छन्, अहिलेको निर्णयले अब उनीहरुलाई सामाजिक सुरक्षा भत्ता नदिन निर्देश गरेको छ’, प्रमुख प्रशासकीय अधिकृत विकले भने, ‘केन्द्रीय पञ्जीकरण विभागको निर्देश अनुसार गाउँपालिकाका सबै वडामा बढी पेन्सनर भएकाले पेन्सन र भत्ता दुबै बुझ्ने व्यक्तिहरुको लगत कट्टा गरी नयाँ विवरण यथाशीघ्र उपलब्ध गराउन पत्राचार गरेका छौ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo