चन्द्रपुर

तेजाव आक्रमणमा घाइते दुई किशोरीका लागि उपचार खर्च अभाव भएको पीडित परिवारले दुखेसो पोखेका छन् । "/>

तेजाब आक्रमणका घाइतेलाई उपचार खर्च अभाव : सहयोगका लागि परिवारको अनुरोध

तेजाब आक्रमणका घाइतेलाई उपचार खर्च अभाव : सहयोगका लागि परिवारको अनुरोध

केन्द्रबिन्दु
0
Shares

चन्द्रपुर

तेजाव आक्रमणमा घाइते दुई किशोरीका लागि उपचार खर्च अभाव भएको पीडित परिवारले दुखेसो पोखेका छन् । रौतहट चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताको लागि आर्थिक अभाव भएको हो ।

उपचार खर्चको समस्या भएको बुबा जादोलाल दासले दुखेसो पोखेका छन । घाइते मध्येकी सम्झनाको अवस्था गम्भीर छ । उनको सघन कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । आर्थिक अभावले उपचारमा समस्या भएपछि घाइते दिदीबहिनीको उपचारका लागि चन्द्रनिगाहपुरमा चन्दा संकलन सुरु गरिएको छ । चन्दा संकलनबाट करिब एक लाख रुपैयाँ सहयोग रकम जुटेको छ ।

दुवै जनाको काठमाडौंस्थित कीर्तिपुर अस्पलातमा उपचार भइरहेको छ । घरमा सुतिरहेको अवस्थामा गत मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए । ‘अलिअलि पैसा थियो सकियो, सापटी लिएको पैसाले पनि पुगेन पीडित किशोरीका बाबु दासले बताए । उनी दुवै छोरीको उपचारारार्थ काठमाडौंमै छन् ।

चन्द्रनिगाहपुर बजारमा सामान्य स्नुकर हाउस भाडामा लिएर जीवन धान्दै आएका दासको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या परेको र गाउँमा चन्दा संकलन गरिएको छिमेकी विष्णु महतोले बताएका छन् । दैनिक १५ हजार रुपैयाँ भन्दा बढी उपचारमा खर्च भइरहेको छ ।
अन्नपूर्णबाट

Logo