काठमाडौँ

६ घण्टा देखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । "/>

बागलुङमा ६ घण्टा देखि बढिघाट खोला थुनियो : थुप्रै बस्तीहरु डुबानको जोखिममा

बागलुङमा ६ घण्टा देखि बढिघाट खोला थुनियो : थुप्रै बस्तीहरु डुबानको जोखिममा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

६ घण्टा देखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ । पहिरोका कारण त्यस क्षेत्रकै सबैभन्दा ठुलो बढिघाट खोला ६ घण्टा देखि अबरुद्ध भएको छ । खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको पत्रकार रविलाल पौडेलले बताए ।

अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले भर्खरै फुट्ने सम्भावना कम रहेको पौडेलले बताए । खोला थुनिएपछि बागलुङका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घरहरु उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
नयाँ पत्रिकाबाट

Logo