काठमाडौँ

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाईका लागि मास प्रिन्टर ल्याउने भएको छ । "/>

स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर ल्याउँदै यातायात व्यवस्था विभाग

स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर ल्याउँदै यातायात व्यवस्था विभाग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाईका लागि मास प्रिन्टर ल्याउने भएको छ । स्मार्ट लाइसेन्सका लागि लामो समय कुर्नु पर्ने समस्या समाधान गर्न विभागले मास प्रिन्टर मेशिन ल्याउन लागेको हो । विभागले मास प्रिन्टर खरिदका लागि बोलपत्र पनि आह्वान गरिसकेकोे छ । विभागका प्रवक्ता गोकर्णप्रसादले उपाध्यायले स्मार्ट लाइसेन्सको समस्या समाधान गर्न एउटा मास प्रिन्टर ल्याउन लागिएको बताए ।

मास प्रिन्टर आएपछि वर्षौं देखि स्मार्ट लाईसेन्सका लागि सर्वसाधारणले कुर्नु नपर्ने प्रवक्ता उपाध्यायको भनाई थियो । मास प्रिन्टर ल्याउन करिब ३ महिना लाग्नेछ । सो प्रिन्टर मेशिन आएपछि दैनिक १० हजारको हाराहारीमा स्मार्ट लाइसेन्स छाप्न सकिन्छ । दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्न सकिने भएपछि महिनौ देखि लाइसेन्सका लागि कुर्नुपर्ने बाध्यता हट्ने विभागको भनाई छ । विभागले हालसम्म साँढे तीन लाखको हाराहारीमा स्मार्ट लाइसेन्स छापी सकेको जनाएको छ ।

सो प्रिन्टर खरिदका लागि पाँच करोड रुपैँया लाग्ने विभागले जनाएको छ । सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्या समाधानका लागि सरकारले आउट सोर्सिङबाट स्मार्ट लाइसेन्स छाप्न लागेको हो । विभागका अनुसार बजारमा हाल दैनिक ४ हजार भन्दा बढी स्मार्ट लाइसेन्सको माग रहेको छ । तर १ हजार ४ सय मात्र छाप्न सकिने भएकाले माग पूरा गर्न सकिएको छैन ।

विभागले चार वटा मेशिनले छापेको स्मार्ट लाइसेन्स आफना विभिन्न १६ वटा कार्यालयबाट वितरणको गरिरहेको छ । जसका कारण नपुगेर समस्या उत्पन्न भएको छ । सोही समस्या समाधानका लागि मास प्रिन्टर ल्याउन लागिएको हो । विभागले गत वर्षको साउन महिना देखि १६ कार्यालयबाट स्मार्ट लाइसेन्स सेवा शुरु गरेको थियो । विभागका अनुसार विभाग अन्र्तगतका उपत्यकाका ३ कार्यालयले यो सेवा २०७२ मङ्सि रदेखि शुरु गरेका थिए ।
राजधानीबाट

Logo