वाइसीएलका जिल्ला अध्यक्ष पक्राउ

वाइसीएलका जिल्ला अध्यक्ष पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले वाइसीएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठलाई पक्राउ गरेको छ । धाकधम्की तथा शरीर बन्धकको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले श्रेष्ठलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

सिन्धुली कमलामाई ५ घर भई हाल राजधानकीको रातोपुल बस्दै आएका रामबहादुर कटुवाललाई श्रेष्ठले ज्यान मार्ने धम्की दिएको उजुरी परेको थियो । श्रेष्ठले कटुवाललाई घर बनाउने ठेक्का दिएको र घर निर्माणपछि रकम माग्दा धम्की दिएको उजुरीमा उल्लेख छ।

श्रेष्ठले यस अघि एक व्यक्तिलाई बन्धक बनाई लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले गणेशकुमार कुँवरलाई बन्धक बनाई नगद ५० हजार रुपैयाँ, सुनको औठी, मोवाइल र ११ लाख रुपैयाको चेक काट्न लगाएको अनुसन्धानबाट खुलेको हो ।

Logo