काठमाडौं

प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ । "/>

सिमा सुरक्षामा सरकारको चासो ( भिडियो सहित )

सिमा सुरक्षामा सरकारको चासो ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन पनि नापी विभाग नेतृत्वको नेपाल– भारत अन्तराष्ट्रिय सीमा सम्बन्धि समस्या समाधान गर्न गठित कार्यदललाई सचेत गराउनु भयो । नेपाल–भारत सीमा समस्या समाधानका लागि गठित कार्य दलको बैठक काठमाडौंमा बस्दैछ । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमाको एकीन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि नापी विभागसहितका सम्बन्धित निकायलाई निर्देश गर्नुभयो ।

नेपालको हितलाई केन्द्रमा राखेर दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन प्रधानमन्त्री ओलीले नापी विभागसहित सम्बन्धित निकायलाई निर्देशन दिनु भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनु भयो ।

गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी रहेको बैठकमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारतबीचका कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गरेका कारण कतिपय ठाउँमा सीमा निर्धारणमा कठिनाई भएको लगायतका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले सीमा एकीन सम्बन्धि सो समस्या दुवै मुलुकको स्थानीय प्रशासनसँग छलफल गरेर समाधान गर्न निर्देशन दिनु भएको थियो । सीमा समस्या समाधानका लागि नेपाल–भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा कार्यदल गठन गरिएको छ । सो कार्यदलको बैठक आगामी साता काठमाडौंमा बस्दैछ । हेरौं भिडियोमा :

Logo