काठमाडौं

इटालियन बाईक एस डब्लु एम का तीन वटा बाईक नेपालमा आएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा भदौ २६ गते बाट ६ दिनको लागि चलिरहेको सवारीसाधनको मेला ‘नाडा अटो शो २०१८’ मा एस डब्लु एमले तीन वटा प्रोडक्ट पेश गरेको हो । "/>

एस डब्लु एम का नयाँ बाईक अब नेपालमा

एस डब्लु एम का नयाँ बाईक अब नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

इटालियन बाईक एस डब्लु एम का तीन वटा बाईक नेपालमा आएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा भदौ २६ गते बाट ६ दिनको लागि चलिरहेको सवारीसाधनको मेला ‘नाडा अटो शो २०१८’ मा एस डब्लु एमले तीन वटा प्रोडक्ट पेश गरेको हो ।

 

१. एस डब्लु एम सिल्भर भेस ४४०

क्लासिक रेन्जको बाइक रुचाउनु हुने ग्राहकको लागि एस डब्लु एमले नयाँ एस डब्लु एम सिल्भर भेस नेपालमा ल्याएको छ । ४४० सिसिको यो बाईकको नेपाली मुल्य १४ लाख ६० हजार रहेको छ । यो बाईकको इन्जिन प्रकार कुल लिक्विड, सिङगल सिलिन्डर, चार स्ट्रोक र ६ गियर रहेको छ ।

२. एस डब्लु एम आरएस ३०० आर

अफ रोड राइडको लागि उपयुक्त डट बाईक हो । ३०० सिसिको यो बाईकको नेपाली मुल्य १६ लाख रहेको छ । यो बाईकको इन्जिन प्रकार कुल लिक्विड, सिङगल सिलिन्डर, चार स्ट्रोक र ६ गियर रहेको छ ।

३. एस डब्लु एम सुपर डुयल

लामो दुरी यात्रा गर्न रुचाउनु हुने ग्राहकको लागि एस डब्लु एमले नयाँ एस डब्लु एम सुपर डुयल नेपालमा ल्याएको छ । ६०० सिसिको यो बाईकको नेपाली मुल्य २३ लाख ५० हजार रहेको छ । यो बाईकको इन्जिन प्रकार कुल लिक्विड, सिङगल सिलिन्डर, चार भेल्भ र ६ गियर रहेको छ ।

यो नेपालमा भर्खरै पहिलो पटक सुरुवात गरिएको इटालियन बाइक भएको बताउँछन् सन्देश डिसी । नाडा अटो शो २०१८ को मेलामा पहिलो दिन देखि ४ सय भन्दा बढी ग्राहक भिजिटमा आएको उनी बताउँछन् । नाडा अटो शो बाहेक यसको शोरुम बालुवाटारमा रहेको छ । ग्राहकको सहजलाई ध्यानमा राखेर बाईक खरिदको फाईनान्सको सुविधा पनि गरेको उनले बताए ।

Logo