काठमाडौं
यो वर्षको नाडा अटो शोको मुख्य आकर्षणहरु मध्ये एक हार्ले डेभिड्सनका बाइक छन् । नेपालका लागि अधिकृत विक्रेता आइएमई अटोमोटिभ्सले अमेरिकामा निर्मित हार्ले डेभिड्सनलाई अटो शोमा प्रदर्शनमा राखेको हो । ‘नाडा अटो शो २०१८’ को अवसरमा कम्पनीले सुपर बाईक राईडरहरुलाई लक्षित गरि २ वटा मोडलका बाईक ल्याएको हो ।यसको क्लासिक डिजाइनले हार्ले विश्वको सबैभन्दा लोकप्रिय दुई व्हीलर्स ब्राण्ड मध्येमा पनि पर्ने गर्छ ।

१. हार्ले डेभिड्सन आईरन ८८३
क्लासिक सेग्मेन्टको बाईक रुचाउने ग्राहकको लागि हार्ले डेभिड्सन अफ काठमाडौंले नयाँ हार्ले डेभिड्सन आईरन नेपालमा ल्याएको छ । ५० विएचपि इन्जिन उत्पादन गर्ने यो बाईकको इन्जिन प्रकार डबल सिलिन्डर, ४ भल्भ र ६ गियर रहेको छ । ८८३ सिसिको यो बाईकको नेपाली मुल्य ४५ लाख ८५ हजार रहेको छ ।
२. हार्ले डेभिड्सन सुपर लो
क्लासिक सेग्मेन्टमा पर्ने यो हार्ले डेभिड्सनको ८८३ सिसिको बाईक हो । यो बाईकको नेपाली मुल्य ४५ लाख रहेको छ ।
यो नेपालमा भर्खरै पहिलो पटक लन्च भएको बाईक भएको बताउँछन् उज्वल जोशी । बाईक सौखिनहरुको लागि विशेष गरि जागरुकता र सूचित गराउनलाई नाडा अटो शोमा प्रदर्शन गरेको जोशी बताउँछन् । हार्ले डेभिड्सन बाईकको अफिसियल लन्चिङ भने नोभेम्बरमा गरिने उनले बताए । हार्ले डेभिडसनको लागि शोरुम अहिले काठमाडौंको गैरिधारामा निर्माण चरणमा छ ।































प्रतिक्रिया