रामेछाप नगरपालिका-७ मुडाजोरका एक बृद्धको हत्या भएको छ । स्थानीय दुई किशोरी दिदीबहिनी मिलेर ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरेका हुन् ।
हत्या गर्नेमा १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठ रहेका छन् । हत्यापछि उनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनीहरुले बृद्धकै घर नजिक रडले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले बृद्धको ब्यबहार ठिक नभएकाले हत्या गरेको बताएको जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया