निर्मला पन्त प्रकरण: छानविनको माग गर्दै कांग्रेसले गर्यो संसद अवरोध

निर्मला पन्त प्रकरण: छानविनको माग गर्दै कांग्रेसले गर्यो संसद अवरोध

केन्द्रबिन्दु
0
Shares

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा छिटो छानविन गर्न माग गर्दै नेपाली कांग्रेसले आज को संसद बैठक अवरुद्ध गरेको छ।

संसद बैठकको सुरुवातमै कांग्रेस सांसद दीलेन्द्र बडुले हत्यारा पत्ता नलागेकोमा आपत्ति जनाउदै अनुसन्धान टोलीका सदस्यले समेत आफ्नो जीवन रक्षाका लागि अपिल गर्नुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरे।

‘अनुसन्धान कार्य वास्तविक अपराधीसम्म पुग्न सकेको छैन। वास्तविक दोषी पत्ता लगाउने भन्दा राज्य संयन्त्र नै वास्तविकता ढोकछोप तर्फ केन्द्रीत हुन थालेको छ। यसले राज्य संरक्षीत अपराधको स्वरुप लिएको आभाष हुन थालेको छ’, बडुको भनाई थियो।

बडुले पत्रकार माथि समेत धरपकड सुरु भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे। साथै उनले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नसक्ने बताए। कांग्रेसले अवरोध कायम राखेपछि संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ।  कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।

Logo