पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी ७० वर्षीया वृद्धामाथि बलात्कार भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । ४५ वर्षीय रेवतीरमण पाण्डेले रक्सीको सुरमामा वृद्धामाथि बलात्कार गरेको भन्दै परिवारले जाहेर दिएका हुन् ।
राम्रोसँग आँखासमेत नदेख्ने र राम्ररी बोल्न समेत नसक्ने बृद्धमाथि बुधबार दिउँसो पौने २ बजेतिर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । ति बृद्ध महिला र पाण्डे एउटै घरको फरक कोठामा बस्दै आएका छन् । घटना भएको बेला वृद्धको छोरा सामान किन्न बेगनासताल चोक गएको र पाण्डेकी श्रीमती माइती गएका थिए ।
कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले महिलाले बलात्कार भएको बताएको र थप स्वास्थ्य जांच भैरहेको जानकारी दिए । बृद्धाको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको छ । पाण्डे अहिले फरार छन् ।































प्रतिक्रिया