लमजुङ
लमजुङमा सोमबार देखि अविछिन्न परेको पानीका कारण आएको बाढी पहिरोले एकै परिवारका २ जनाको मृत्यु भएको छ भने २ जना मस्र्याङ्दीमा बेपत्ता भएका छन् । पहिरोमा परी अन्य २ जनाको समेत अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिका– ३ स्थित तरापु गाउँमा पहिरोले पुरेर घाइते अवस्थामा उद्दार गरिएकी ६० वर्षीया अतिरुपा थापा र उनकी नातिनी ९ वर्षीया चिरक थापाको स्वास्थ्य चौकी लग्दा लग्दै बाटोमै निधन भएको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार सोही गाउँपालिकाको अर्खलेबेसीमा आएको पहिरोमा परी २ जना वेपत्ता भएका हुन् ।
हिमाल हाइड्रोको बाँध क्रस गर्न लागेको बेलामा आएको बाढीले बगाउँदा २ जना मस्र्याङ्दी नदीका खसेर वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उनका अनुसार वेपत्ता हुनेमा बलीराम चौधरी र लक्ष्मण थापा भन्ने जानकारीमा आएको छ ।
मस्र्याङ्दी गाउँपालिका– ४ स्थित बेसीशहर चामे सडक खण्डको रामबजारमा रहेको जितबहादुर गुरुङ सहित २ जनाको घर बुधबार दिउँसो ३ बजेको समयमा आएको बाढी पहिरोले बगाएको स्थानीय गंगामिलन माविका शिक्षक समेत रहेका कामसार्की गुरुङले बताए । उनका अनुसार जितबहादुरको घर यहिनेर थियो भन्ने सम्म अनुमान गर्न सकिन्छ, घरको नाम निसान छैन ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया