कञ्चनपुरमा फेरि १० वर्षीया बालिकाको करणी

कञ्चनपुरमा फेरि १० वर्षीया बालिकाको करणी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउंदै फेरि दश वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको छ । करणी गर्ने महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

Logo