काठमाडौं
पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो ।
नेकपाका तल्ला तहका कमिटीको एकीकरणमा सहमति नहुँदा भदौ पहिलो साता टुंग्याउने भनिएको एकीकरण अझै टुंगिएको छैन । नेकपाले प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदलहरूलाई भदौ ७ गते भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । आन्तरिक विवादका कारण कार्यदलहरूले प्रतिवेदन बुझाउन नसकेपछि नेकपाको भदौ ८ र ९ मा हुने भनिएको स्थायी समिति बैठक समेत बस्न सकेको थिएन ।
कार्यदलले प्रतिवेदन बुझाएपछि पाटीको सचिवालय बैठक बसेर एकीकरण टुंग्याउनु पर्ने भए पनि विवाद नमिल्दा भदौ १८ र १९ मा बस्ने भनिएको स्थायी समिति बैठक समेत बस्न सकेको थिएन । तल्ला कमिटीको एकीकरणमा विवाद चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा गएपछि तत्कालका लागि सचिवालय बैठक समेत बस्न सकेको थिएन । दाहाल भारत भ्रमणबाट फर्किएपछि नेकपाले सचिवालय बैठक बोलाएको हो ।
नेकपाले विवाद नमिलेका तल्ला तलका समितिको विवरण पनि बुझाउन कार्यादलहरूलाई निर्देशन दिएकाले अधिकांश कार्यादलले विवादकै बीचमा पनि प्रतिवेदन सचिवालयलाई बुझाइसकेका छन् । आज बस्ने सचिवालय बैठकले सबै तहका समितिको एकीकरण टुंग्याउने बताइएको छ ।
नागरिकबाट





























प्रतिक्रिया