चीन

काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । "/>

नेपालसँग रेलमार्ग जोड्न चीन सरकार आतुर

नेपालसँग रेलमार्ग जोड्न चीन सरकार आतुर

केन्द्रबिन्दु
0
Shares

चीन

काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छौं, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’

नेपाली सीमा केरुङसम्म कहिले सम्म आउला त रेल ? चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । उनले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ । ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’

ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, ‘तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’

दुई देश बीच उच्च हिमाली भूभाग छ । यो भूगोल रेल, सडक, विद्युत लगायत सञ्जालका लागि सहज मानिँदैन तर तिब्बतले यस्ता पूर्वाधारमा काम गरिरहेको बताउँदै चुले भने, ‘तिब्बत दक्षिण एसिया जोड्ने माध्यमको आरम्भकर्ता भएपनि मूलद्वार नेपाल हो । तिब्बतबाट नेपाल हुँदै दक्षिण एसिया जोड्ने छौं । यसमा काम भइरहेको छ । नेपाल यसको द्वारमा निर्भीक रहनेछ ।’
अन्नपूर्णबाट

Logo