चितवन

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड १८ घण्टापछि एकतर्फी संचालनमा आएको छ । "/>

अवरुद्ध नारायणगढ–मुग्लिन सडक १८ घण्टापछि संचालनमा : त्यो पनि एकतर्फी मात्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक १८ घण्टापछि संचालनमा : त्यो पनि एकतर्फी मात्र

केन्द्रबिन्दु
0
Shares

चितवन

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड १८ घण्टापछि एकतर्फी संचालनमा आएको छ । गए राती १ः३५ बजे देखि अवरुद्ध बनेको सो सडक खण्ड अहिले साँझ ६ः४० बजे देखि संचालनमा आएको हो ।

चार किलो भन्ने स्थानमा खसेको पहिरो एकतर्फी खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । यसअघि १७ किलो, घुमाउने लगायतका स्थानमा खसेको पहिरो हटाईएको थियो ।

राती देखि नै सडक अवरुद्ध भएका कारण सवारी चाप वढेको छ । यात्रीहरु गन्तव्यमा पुग्न सकेका छैनन् भने अतिआवश्यकिय सवारीहरु पनि विच सडकमै अलपत्र परेका छन् ।

Logo