चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

केन्द्रबिन्दु
0
Shares

गएराति १ बजे सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ सुर्खेत जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ । एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । 

चट्याङले कामी पत्नी ४८ वर्षीय खगिसरा पुन घाइते भएको उहाँले बताउनुभयो । घाइते पुनको सुर्खेत मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ । 

Logo