न्यायाधीश दीपकराज जोशी काममा फर्के तर पेशी पाएनन्

न्यायाधीश दीपकराज जोशी काममा फर्के तर पेशी पाएनन्

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन् । 

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बसेका थिए । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए । 

जोशी काममा फर्के पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन । 

Logo