काठमाडौं– खानेपानी मन्त्री बिना मगरले हरेक साता आयोजनाको प्रगति समीक्षा बैठक गर्ने भएकी छन् । मन्त्रालयको कामहरु तुलनात्मक रुपमा सन्तोषजनक रहे पनि धेरै पक्ष सुधार गर्नुपर्ने भन्दै उनले हप्तैपिच्छे प्रगति समीक्षा गर्ने बताएकी हुन् ।
सोमबारदेखि खानेपानी मन्त्रालयमा साप्ताहिक समीक्षा बैठक सुरु भएको छ । बैठकमा साताभरी भएका कामहरुको समिक्षा गरिनेछ । मन्त्री मगरले खानेपानी आयोजनाका कामहरुलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएकी हुन् ।
आयोजना कामहरुमा समस्या भएमा सम्बन्धीत मन्त्रालयसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाई छ । काममा समस्या नहोस् भन्नका लागि अन्य मन्त्रालयहरुसँग पनि आफूले पहल गरेको उल्लेख गर्दै मन्त्री मगरले केही समस्या भए आफूलाई भन्न निर्देशन दिइन् । भनिन्, ‘कामको प्रगति के कसो भइरहेको छ ? कहाँ समस्या आईरहेको छ, मलाई निर्धक्क भएर भन्नुस् । म त्यसको समाधान निकाल्न पहल गर्छु ।’
बैठकमा मन्त्री मगरले मेलम्चीको काम समयमै सक्न निर्देशन दिइन् । मन्त्री मगरको चासोपछि सम्बन्धी विभागका कर्मचारीहरुले मेलम्ची आयोजनाको काम तीव्र गतिले अघि बढेको विभागीय कर्मचारीहरुले बताएका थिए ।































प्रतिक्रिया