बुढानिलकण्ठमा रहेको ४० रोपनी जग्गा सम्बन्धित जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा नामसारी गर्न मिलमतो गर्ने नापी कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । "/>

बुढानिलकण्ठको ४० रोपनी जग्गामा मिलमतो गर्ने अधिकृतसहित ३ जना पक्राउ

बुढानिलकण्ठको ४० रोपनी जग्गामा मिलमतो गर्ने अधिकृतसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बुढानिलकण्ठमा रहेको ४० रोपनी जग्गा सम्बन्धित जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा नामसारी गर्न मिलमतो गर्ने नापी कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारी रहेका छन् । उनीहरुले चन्दन विष्ट कायस्थको नाममा रहेको ४० रोपनी जग्गा अर्कैलाई नामसारी गराउन सहयोग गरेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले जग्गा खरिदकर्ता र विक्रीमा संलग्न गरी पाँचजनालाई पक्राउ गरेको थियो । जग्गाधनीको नागरिकतादेखि वारेसनामासम्म सबै नक्कली बनाएर बिभिन्न व्यक्तिको मिलोमतोमा उक्त जग्गा अर्कैको नाममा पास गरिएको थियो ।

Logo